भारत भ्रमणका क्रममा नेपालको हितमा केही नयाँ होस् भन्ने चाहना छ : प्रधानमन्त्री दाहाल

२०८० जेष्ठ १६ गते, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारदेखि हुने भारत भ्रमणका क्रममा नेपाल राष्ट्रको हितमा केही नयाँ होस् भन्ने आफूले चाहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले मंगलबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै पछिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने आफूले चाहेको बताएका हुन् ।

ुभोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु,ु उनले भने । प्रधानमन्त्री दाहाल ४ दिने औपचारिक भ्रमणका लागि बुधबार भारत जाँदैछन् । उनले विद्युत्, सीमा, पारवहनलगायत विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको पनि बताए ।

प्रधानमन्त्री दाहालले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको प्रस्ट पारे । उनले भने, ‘हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौं, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौं ।’

प्रधानमन्त्री दाहालले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढंगले संकल्प साथ लिएको बताए । उनले भने, ‘देशको अहिलेको आर्थिक स्थितिलाई सहजीकरण गर्ने र जनतामा सेवाप्रवाहलाई सरल गर्ने कार्यमा लागेका छौं ।’

14 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal