अनलाइनबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

२०८० जेष्ठ २२ गते, सोमबार

काठमाडौँ । अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ टिकटकमार्फत साथी बनेर एक जना युवतीसँग फेसबुक म्यासेञ्जर, ह्वाट्स एप तथा इमोमा पनि साथी बनेको र अनलाइनबाट यौनदुर्व्यवहार गरेर त्यसको भिडियो रेकर्डसमेत गरेर ब्ल्याक मेलिङ गरेको आरोपमा जुम्लाको तिला गाउँपालिका ९ रासा घर भइ भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउतलाई पक्राउ गरेको हो ।

राउतले अनलाइनबाट यौनदुर्व्यवहार गरेर त्यसको भिडियो रेकर्डसमेत गरेर ब्ल्याक मेलिङ गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । पक्राउ परेका राउतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा छानबिन गर्न जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको छ ।

28 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal