नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्ण प्रसाद खनाल

२०८० आश्विन २० गते, शनिबार

कपिलवस्तु । नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः कृष्ण प्रसाद खनाल निर्वाचित भएका छन् । शनिबार कपिलवस्तुको सिद्धार्थ क्याम्पस बाणगंगाको सभाहलमा भएको तेस्रो अधिवेशनबाट कपिलवस्तुका खनाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा निर्वाचित हुनेहरुमा श्रीप्रसाद भलामी (गुल्मी), द्रोण प्रसाद भुसाल (अर्घाखाँची), हेम बहादुर थापा (रुपन्देही) र अमुल कुमार पाण्डे (नवलपरासी) निर्वाचित भएका छन् ।

सचिवमा शिव प्रसाद ओली (दाङ), कोषाध्यक्षमा माधव नेपाल (रुपन्देही), सहसचिवमा जित बहादुर रासकोटी (रुपन्देही) निर्वाचित भएका छन् भने सदस्यहरुमा दिपक लामिछाने (दाङ), मधुसुधन अधिकारी (प्युठान), केशवराज खनाल (दाङ), वेदराम अर्याल (कपिलवस्तु), लक्ष्मण पोख्रेल (अर्घाखाँची), कृष्ण बन्जाडे (कपिलवस्तु), रजनिस कुमार पाण्डे (कपिलवस्तु) राम प्रसाद श्रेष्ठ गुल्मी निर्वाचित भएका छन् ।

15 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal