नेपालीहरुको महान चाड विजय दशमीमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै, कपिलवस्तुमा मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज एक सुचना जारी गर्दै आईतबार ५ गतेदेखि ७ गते टिकाको दिन सम्म मदिा किनबेच गर्न नपाई जनाएको हो ।
चाडवाडलाई उल्लासमय बनाउने नाममा मदिराजन्य पदार्थ सेवन गरेर होहल्ला गर्ने, एक अर्कालाई गालीगलौज गर्ने, झैझगडा गर्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने, आपसी सद्भाव भड्काउने जस्ता कार्यलाई रोक्नको लागि मदिरा जन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
त्यस्तै प्रशासनले विगतका दिनहरुमा चाडपर्वलाई अत्यन्त खर्चिलो, देखावटी र तडकभडक पूर्ण तरीकाले मनाउने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्न पनि आग्रह गरेको छ ।
खर्चिलो चाडपर्वले सामाजिक विकृति, विसंगति र सामाजिक अपराधलाई समेत प्रोत्साहन पुर्याएको भन्दै दशैंको सांस्कृतिक महत्वलाई मध्यनजर गरि दशैँ सभ्य र भब्य तरिका बाट मनाउन आग्रह गरेको छ
