कपिलवस्तुको बाणगंगामा लागुऔषध सहित एक युवक पक्राउ

२०८० कार्तिक १५ गते, बुधबार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका बाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन । बाणगंगा नगरपालिका वडा न. ७ आदर्शटोल बस्ने २४ वर्षिय अंकित थारु खैरो रङको ब्राउनसुगर जस्तो देखीने लागुऔषध २ ग्राम ३० मि.लि.ग्राम सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पिपराबाट खटिगएको प्रहरी टोलीले लागुऔषध कारोबार गरीरहेकोछ भन्ने प्राप्त सुचनाको आधारमा थारुको घरमा खानतलासि गर्दा लुकाई छिपाई राखेको लागुऔषध सहित उनलाई पक्राउ गरिएको हो । थप अनुसन्धान पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

7 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal