भूकम्प प्रभावितका लागि बाणगंगा नगरपालिकाले रु ५ लाख सहयोग गर्ने

२०८० कार्तिक १८ गते, शनिबार

कपिलवस्तुको बाणगंगा नगरपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

शनिबार बसेको कार्यापालिका बैठकले ५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले पालिका पत्रलाई जानकारी दिए ।

उक्त रकम नगर विपद् कोषबाट निकासा गरी दिइने छ ।

त्यस्तै नगर प्रमुख चक्रपाणी अर्यालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ज्यान गएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो मानविय सङ्कट लाई पार लगाउनको लागि विभिन्न संघ संस्था तथा सम्पुर्ण पक्षलाई सक्ने सहयोग गर्न पनि आग्रह गरेका छन् ।

आकस्मिक बैठकमा नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत, भक्तिराम मरासिनी, नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, अन्य वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

4 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal