एमालेले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने

२०८० कार्तिक २२ गते, बुधबार

नेकपा (एमाले) ले भूकम्प प्रभावित जाजरकोट लगायत जिल्लामा अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेको छ।

बुधबार च्यासलमा बसेको सचिवालय बैठकले मंसिर १ गतेदेखि स्वयंसेवक खटाउने निर्णय गरेको हो।

‘मंसिर १ गतेदेखि एक हजार स्वयंसेवकहरू भूकम्प प्रभावित क्षेत्रमा खटिनु हुनेछ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘एक करोड रुपैयाँ बढीको हामीले श्रमदान गर्नेछौं।’

उनले हजारौं टहरा बनाएर नागरिकहरूलाई हस्तान्तरण गरिने बताए।

5 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal