बाणगंगाको बुङ्चीमा बसको ठक्करबाट १ किशोरीको मृत्यु, १ जना घाइते

२०८० मंसिर १२ गते, मंगलवार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मंगलबार बिहान पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले ठक्कर दिदाँ साइकलमा सवार रहेका दुई जना माध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ८ लौगाइ बस्ने अन्दाजी वर्ष १८/१९ की सृष्टी बि.सीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताउनुभयो । उहाँका अनुसार साइकलमा सवार वर्ष ४४ की निर्मला बि.सी घाइते हुनुभएको छ । उहाँको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

साइकलमा सवार रहेका उनीहरुलाई बसले बाणगंगा नरपालिका वडा नम्बर ४ बुङ्चिमा ठक्कर दिएको हो । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ 

32 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal