सन्धिखर्क नगरपालिकामा ई–हाजिरी सुरु,६४ स्थानमा सीसी क्यामेरा जडान

२०८० मंसिर २८ गते, बिहीबार

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हाजिरी रजिस्टर हटाएको छ । योसँगै ई–हाजिरीमा हातको ल्याप्चे लगाउन सुरु गरेको छ । नगरपालिकाभित्र मात्र नभई सबै वडा कार्यालयका कर्मचारी र स्वास्थ्य संस्थाका कर्मचारी सबै कतिकति बेला नगरपालिकामा आए आएन्न भनेर हेर्न सकिने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो।

सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको नयाँ प्रविधि प्रयोग गरेको उहाँले बताउनुभयो । यस्तै, कर्मचारीको अनुपस्थितिको कारणले सेवाग्राहीको काममा कुनै पनि समस्या नदेखियोस् र कर्मचारी कार्यालय समयभित्र कतै जान नसकून् भनेर यो प्रविधि लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाइ छ ।

नगरपालिकामा सीसी क्यामेरा जडान
यस्तै, नगरपालिकाले नगरभित्रका ६४ स्थानमा सीसी क्यामेरा जडान गरेको छ । नगरपालिकाको कार्यालय वरिपरि, १२ वटै वडा कार्यालय, सन्धिखर्क र चुत्राबेसी बजारका मुख्यमुख्य चोक तथा गल्लीका साथै धार्मिक तथा पर्यटकीयस्थलमा सीसी क्यामेरा जडान गरिएको नगरपालिकाका रोजगार शाखा संयोजक हिरामणि पराजुलीले बताउनुभयो । सीसी क्यामेरा सञ्चालनमा आएसँगै नगरभित्र हुने अपराध, अनुसन्धान, चोरी, लुटपाटलगायतका आपराधिक क्रियाकलाप न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिएको योजना शाखा प्रमुख दिलिप केसीको भनाइ छ ।

बजारका मुख्य चोक, गल्ली, सुरक्षा संवेदनशील क्षेत्र, सबै वडा कार्यालयका साथै धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर, अर्घा भगवती मन्दिर, सिद्धेश्वर शिवालय र मथुराधाममा पनि क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले बताउनुभयो ।

26 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal