ब्राईट लुम्बिनी एजुकेशनले होस्टेल सहितका कक्षाहरु संचालन गर्दै

२०८० पुष ४ गते, बुधबार


बिष्णु खरेल,

कपिलवस्तु । कोरियाले उत्पादनमुलक क्षेत्र लागि नेपाली कामदारहरु भित्र्याउनका लागि आवेदन खुल्ला गरे लगत्तै भाषा अध्यन गर्ने विधार्थीको सुविधालाई मध्यनजर गर्दै कपिलवस्तुको चारनम्बर स्थित ब्राईट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लि ले होस्टेल सहितका कक्षा संचालन गर्न लागेको हो


कोरियाले नेपाली कामदारहरु भित्र्याउनका लागि यहि पौष २ गते देखि ६ गते सम्म आवेदन खुल्ला रहेको र नेपाली कामदारहरुको माग संख्या १५८४८ गरेकाले आवेदन दिने विधार्थी हरुको संख्या अत्याधिक हुन सक्ने आंकलन गरिएको छ । धेरै समय पछि उत्पादनमुलक क्षेत्रमा आवेदन खुल्ला गरेकोले पनि धेरैले आवेदन दिन सक्ने अनुमान गरिएको छ । ब्राईट लुम्बिनी बाट करिब तिन सय देखि चार सय विधार्थीले आवेदन दिन सक्ने आंकलन गरिएको प्रबन्धक अशिम क्षेत्रिले जानकारी दिनुभएको छ भने ग्द्यत् का तयारि परिक्षाहरु पनि ब्राईट लुम्बिनी बाटै दिन सकिने छ ।


उहाले एक अनौपचारिक कार्यक्रममा सम्बोधन गर्दै विधार्थीहरुलाई आवेदन दिन ढिला नगर्न र आवेदन फारम ब्राईट लुम्बिनी बाटै भर्न सकिने बताउनु भएको छ । साथै अतिरिक्त कक्षा लिन चाहाने विधार्थीहरुका लागि साझ ४ बजे बाट अतिरिक्त कक्षाहरु संचालन भैरहेको र घर टाढा भएका, घरमा अध्यन गर्न असहजहुने विधार्थीका लागि छिट्टै नै होस्टेल सहितका कक्षाहरु संचालन गर्न लागिएको प्रबन्धक क्षेत्रिले जानकारी गराउदै शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

24 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal