वडा अध्यक्ष सिंजापति जनताको लोकप्रिय बन्दै, जनता भन्छन राम्रो कामले मन जितेका छन

२०८० पुष ४ गते, बुधबार


अर्घाखाँची । शितगङ्गा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मान बहादुर सिंजापति बिकाश निर्माण ,समाज सेवा जस्ता अन्य काममा वडाबासिको मन जित्दै आएका छन।


युवा जनप्रतिनि मानिने सिंजापति स्थानीय निर्वाचनमा भारि मतले जित हासिल गरेका जनप्रतिनिधि हुन । उनको पहिला पनि अध्यक्ष नबन्दै बिकास निर्माण काममा ,समाज सेवा जस्ता अन्य काममा योगदान पुर्याउदै आएको अनुहार हो ।


वडा अध्यक्ष बनिसकेपछि जनताको समस्या गुनासो सुन्दै समाधानको बाटो खोजिरहन्छ्न बर्षायाममा पनि बाटो बन्द हुदा झरि पानी नभनि बाटो खुलाउन लागेको तस्बिरहरु देख्न सकिन्थ्यो ।उनि शिक्षा,स्वास्थ्य ,सडक,खानेपानि,खेलकुद लगायत अन्य काममा भुमिका खेल्दै आएका छन ।स्थानीय तहमा रहेका खेलाडीहरुलाइ प्रोत्साहन दिने ,स्थानीय उत्पादन र कृृृषिमा उनको चासो रहेको छ ।”उनि भन्छन वडाबासिको बिश्वास भनेकै म हो जनताको केहि गरोस भन्ने चाहाना छ, समाज परिवर्तन को आशा छ , बिकास निर्माणका काममा पछि हटदिन म”

अहिले पनि झुलुङ्गगे पुल ,सुवर्णखाल, मन्द्रे , सडकखण्ड स्तरउन्नति तथा आर सिसि सडक ग्राबेलको काम भैराहेको छ त्यहा उनको उदाहरणिय योगदान देख्न सकिन्छ दिनभर निर्माण क्षेत्रमै अनुगमन गर्ने गर्छन।

27 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal