प्रधानमन्त्री कपका लागि कपिलवस्तुबाट छानिए १८ खेलाडी, को को परे त ?

२०८० पुष ८ गते, आईतवार


कपिलवस्तु । आगामी माघमा काठमाडौंमा हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि कपिलवस्तुबाट १८ जना छानिएका छन् । कपिलवस्तु जिल्ला क्रिकेट संघले तौलिहवा स्थित बुद्धपद्म माबीको खेल मैदानमा बिहिबारबाट छनोट सुरू गरिएको थियो ।

खेलाडीको प्रर्दशनका आधारमा कुल १४ जना खेलाडी छनौट गरिएको छ । बाँकी ४ जना भने बैकल्पीक खेलाडी समेत छनौट गरिएको छ ।

यसैबीच, राज अग्रहरीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको छ । जसको उपकप्तानीमा शिव कुँवर रहेका छन् । टोलीमा हजरत ओसामा, शिव कुमार मौर्य, रमजान अलि धुनिया, प्रतिक भट्टराई, महेश भर, रामनिवास यादव, गोविन्द थारु, मोहम्मद हुसेन गद्दी, कामरान अहमद, शमसुज्जमा खान, रघुनन्दन प्रसाद गुप्ता, इशरार फकिर रहेका छन् ।
यस्तै, स्टेण्ड बाई अर्थात बैकल्पिक खेलाडीको सूचीमा रिशब बेल्बासे, अविनाश कुमार लोध, मन्जित बेल्बासे र इरफान मुसलमान रहेका छनौट समितीका सदस्य अजय शर्माले बताए ।

11 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal