काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा

२०८० पुष ११ गते, बुधबार

काठमाडौं । साविकको उपाधि विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। 

मंगलबार साँझ दशरथ रंगशालामा इलिमिनेटर खेलमा काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो। 

 काठमाडौंमाथि शानदार जित निकाल्दै ललितपुरले लिग चरणमा ब्यहोरेको हारको बदला लिएको छ। ललितपुरका लागि इमु इजिकेलले दुई तथा पापा इबु केबेले एक गोल गरे। 

ललितपुरले फाइनल प्रवेशका लागि अब पोखरा थण्डर्ससँग खेल्नेछ। पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पोखरा पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

28 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal