लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ

२०८० पुष १२ गते, बिहीबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको ‘जबरजस्ती करणी’ मुद्दामा बिहीबार पनि सुनुवाइ हुँदैछ। बुधबार बहस गरी ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन लागेको हो। 

बिहीबार पनि सन्दीप पक्षका वकिलले बहस गर्नेछन्। जाहेरवाला र सरकारी वकिलको बहस सकिएपछि बुधबार उनी पक्षका वकिलले बहस शुरू गरेका हुन् । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारसुनुवाइ शुरू भएको थियो। 

12 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal