कुकुर प्रकरण: कपिलवस्तु अस्पतालका ३ जना कर्मचारी निलम्बनमा

२०८० पुष १६ गते, सोमबार

कपिलवस्तु । कुकुर प्रकरण डिउटिमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पताल ईमजेन्सी फाटका ३ जना कर्मचारी निलम्बनमा परेका छन ।

गत पुस ३ गते मध्यरातमा ईमरजेन्सी फाटको बेडमा कुृकुर सुतेको तस्विर सामाजिक संजालमा भाईररल बनेको थियो । अस्पताल प्रशासनको सोमवार बसको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका हुन।

कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसको थियो । अस्पतालमा रहेका सिसि फुटेज चेक गरे पछि उक्त कुरा प्रमाणित भएको थियो । अस्पतालका मेसु बिपिन जैसवालले लापरावही गर्ने ३ जनालई निलम्बन गरिएको बताए । अस्पतालमा लापरवाही गर्ने कसैलाई पनि नछाडिने उनले बताए ।

12 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal