कपिलवस्तुमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २३ वर्षीय युवाको मृत्यु

२०८० पुष २० गते, शुक्रबार

कपिलवस्तु । कपिलवस्तु जिल्लामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तौलिहवा सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरा नजिकै ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जना युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ करिब सवा छ बजेतिर तौलिहवाबाट जीतपुर तर्फ जाँदै गरेको लु २ त ११६४ र ओदारीबाट तौलिहवा तर्फ जाँदै गरेको लु ५ प ६७४९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो।

दुर्घटनामा कपिलवस्तु नगरपालिका ३ गौढी टोलका २३ बर्षिय परदेशी गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेर घटना स्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकले गौढी चोकमा तरकारी बेच्दै आएका थिए। प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

13 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal