एसईईका नक्कली परीक्षार्थी पक्राउ

२०८० चैत्र १५ गते, बिहीबार

दैलेख । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका – १ स्थित त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन् । प्रहरीले नाम भने खुलाएको छैन । नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् । प्रहरिले उनलाइ नियन्त्रणमा लिएर थप सुधपुछ गर्ने भएको छ।

6 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal