त्रिशूलीमा ट्याक्सी खस्दा ज्यान गुमाउने पाँच जनाकै पहिचान खुल्यो, अझै एक बेपत्ता

२०८० चैत्र १७ गते, शनिबार

काठमाडौँ । दुर्घटनाबाट मृत्यु भएका पांँचजनाको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय अर्जुन शिर्मल, सोही ठाउँकी ४१ वर्षकी हरिमाँया रोकाय , ७० वर्षीय जुनकिरी रोकाय , अन्जना रोकाय र अन्दाजी ९ वर्षका आगमन नगरकोटी रहेका छन् । अर्का १८ बर्षीय दिवश रोकाया फेला नपरेको प्रहरीले जनाएको छ ।

आज बिहान सवा ७ बजे ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा आई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट अन्दाजी ८० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

6 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal