भारतमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
२०८० चैत्र २८ गते, बुधबार
एजेन्सी । भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । छत्तीसगढको दुर्ग जिल्लामा मजदुरले भरिएको बस खानीमा खस्दा १४ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । बसमा निजी कम्पनीका कर्मचारी सवार थिए।
दुर्घटना मंगलबार राति करिब साढे ८ बजे भएको हो । खापरी गाउँनजिकै पुग्दा बस अनियन्त्रित भई ४० फिट गहिरो खानीमा खसेको समाचारमा उल्लेख छ ।
27 Views