प्रतिनिधी भन्छन्, एमाले कपिलवस्तुकाे उप-सचिवमा युवा नेता कमल क्षेत्रिकाे विकल्प छैन
हरि आचार्य, कपिलवस्तु
विगत दशकौ देखि नेकपा (एमाले) का विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका कमल क्षेत्रीले एमाले कपिलवस्तुको उप–सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
पार्टीको वडा कमिटीबाटै राजनीति सुरु गर्नुभएका क्षेत्रीले एमाले कपिलवस्तुको उप–सचिवमा आफ्नो आवश्यक रहेको भन्दै उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । यहि बैशाख २६ र २७ गते हुने पार्टीको १० औं जिल्ला अधिवेशनका लागि समग्र अग्रज नेता, युवा वर्ग र पार्टीका शुभचिन्तकहरुको माग बमोजिम उप–सचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको क्षेत्रीले बताउनुभयो ।
विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टीका हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र राजनीतीमा युवाहरुको पहुँच पु–याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।
लामो समय देखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आउनुभएका क्षेत्री युवावर्गहरुको रोजाई र लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । हाल उहाँ पार्टीको जिल्ला कमिटी सदस्य, राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका संयोजकको जिम्मेवारीमा हुनुहुन्छ ।
पार्टीको वडा कमिटी सदस्य, वडा कमिटी सचिव, राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटी उपाध्यक्ष हुंदै नगर कमिटी अध्यक्ष, जिल्ला युवा सह ईचार्ज समेत हुनुभएको थियो भने राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको अध्यक्ष भई विभिन्न निर्वाचन सफल बनाउन अहम योगदान गर्नुभएको थियो ।
लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माणमा अहम भूमिका निर्वाह गर्दै आउनु भएका क्षेत्रीले जिल्ला अधिवेशन नजिकिदै गर्दा अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि अझै तत्पर अगाडि बढ्न उप–सचिवमा उम्मेद्वारी रहेको बताउनु भयो ।
यहि बैशाख २६ र २७ गते चन्द्रौटामा हुने एमाले कपिलवस्तुको १० औं जिल्ला अधिवेशन पार्टीका अध्यक्ष केपी शर्माले उद्घाटन गर्नुहुनेछ ।