जिल्लाकै उत्कृष्ट र बिश्वासिलो मानिएको ब्राइट लुम्बिनीले गर्यो जापानिज र कोरियन भाषा पास गरेका बिद्यार्थीलाइ बिदाइ तथा सम्मान

२०८१ जेष्ठ १९ गते, शनिबार

कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा अस्थित ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले कोरियन र जापानीज भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरेको छ । सन २०२४ मा इ.पि.स. कोरियन भाषा र जापानीज भाषा पास गरेका विद्यार्थीहरुलाई शनिबार राजापनिमा रहेका स्टार होटलमा एक कार्यक्रममका बिच बिदाइ तथा सम्मान गरिएको हो ।

यस वर्षको जुलाई इन्टेकमा जापानीज भाष पाष गर्ने ९ र कोरियन भाषा २३ जना विद्यार्थीहरुलाई मायाको चिनो सहित विदाई गरिएको संस्थाका प्रवन्ध निर्देशक अशिम कडेल क्षेत्रीले बतउनुभयो । प्रालिलाइ नितान्त विद्यार्थीको रुचि र चाहाना अनुसार अगाडि बढाएको भन्दै त्यसलाइ निरन्तरता दिने प्रतिबद्धता व्याक्त गर्नुभयो । पहिला गजेहडा बाट सेवा दिइरहेको लुम्बिनी लर्निङलाई चार नम्बरमा ल्याएर संचालन गरेको स्मरण गर्दै अब यस सेन्टरलाइ अझ सुविधा युक्त बनाएर लैजाने बताउनु भएको थियो । उच्च शिक्षा सङ्गै कमाएको केहि पैसाले पछि स्वदेशमै आएर देशको लागि केहि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय संगितकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्ण चन्द्र परियारले भाष पास गरेका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै भविष्यमा देशमै आएर देश विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । प्रालिले हजारौ विद्यार्थिको भविस्य निमार्णमा सहयोग गर्दै आएको भन्दै आगमी दिनमा अझ शत प्रतिसत नजिता ल्याउन सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै कोरियन भाषा प्रमुख महेश आचार्य, जापनीज भाषा प्रशिक्षक सुमन थापा क्षेत्री, गणेश खनाल लगाएतले उच्च शिक्षाको लागि बाहिरी देश जान लागेका विद्यार्थीहरुलाई जाँदा र गैसकेपछि देशको नियम कानुन अनुसारको व्यवहार गर्न सचेत गराउनुभएको थियो ।

कार्यक्रममा सञ्चारकर्मी पिताम्बर घिमिरे, सिता बेल्वासे,पशुपति गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

भाषा पास गरेका विद्यार्थी, सञ्चारकर्मी, संस्थाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरि आचार्यले गर्नु भएको थियो ।

8 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal