हावाहुरीले सितगङ्गा १ सुवर्णखालमा करिब १९ लाखको भौतिक क्षती

२०८१ जेष्ठ २१ गते, सोमबार

अर्घाखाँची । १९ गते बेलुका आएको ठूलो हावा हुरिले क्षेत्रफल का हिसाबले देशकै सबैभन्दा ठूलो सितगङ्गा नगरपालिका को वडा नम्बर १ मा ११ घरहरु उडाएर क्षती पुराएको छ।

सबै क्षतिको स्थलगत अनुगमन गर्न इलाका प्रहरी कार्यालय ठाडा मा खबर गरि आफू समेत क्षतिग्रस्त स्थानको अवलोकन गरिएको वडा नम्बर १ का वडा अध्यक्ष मान बहादुर सिंजापती ले जनाउनु भएको छ।सुवर्णखालको साहुटोला स्थित धातानन्द बेल्बासे,गोबिन्द बेल्बासे,प्रकाश खनाल,सिख्रका झबिन्द्र राना,मन्द्रे का तुलसी सोमै,खुम बहादुर अधिकारी,टेक बहादुर पेग्नि को घर टिनको छाना सहित डाँडाभाटा समेत उडाएर पुर्ण रुपले क्षती पुराएको वडा अध्यक्ष सिन्जापतिले जानकारी गराउनुभएको छ।

साथै घनश्याम बेल्बासे,तारा थापा,मधुराज अधिकारी र तेज बहादुर रायमाझी समेतको घरमा घरका पाखै उडाइ क्षति पुराएको छ भने कसैका गोठ,कसैका बाख्राका खोर हरु समेत उडाइ ठुलो नोक्सानी पुराएको शिक्षक जिवनारायण बेल्बासे ले बताउनुभएको छ।

वडा को क्षतीग्रस्त स्थानहरुमा आफू अबलोकन का लागि दिनभर नै फिल्ड मै खटेर हेर्दा करिब १९ लाख बराबरको भौतिक क्षती भएको अनुमान अध्यक्ष सिन्जापतिले गर्नुभएको छ।सितगङ्गा नगरपालिका को दैबिक प्रकोप तथा बिपत ब्यबस्थापन लगायत का सम्बन्धित निकाय मा जानकारी गराइ यथाशीघ्र राहत ब्यबस्थापन गरि क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण तत्काल सहयोग पुराउन सम्बन्धित निकायमा जानकारी गराएको र आफुले समेत यथासक्य प्रयास गरिरहने अध्यक्ष मान बहादुर सिन्जापतिले जानकारी गराउनुभएको छ।

सितगङ्गा कै अन्य स्थान तथा वडा नम्बर १४ मा समेत स्कुल को छाना नाङ्गै गराएका तस्बिर सामाजिक संजाल मा आइसकेका छ्न।

4 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal