पाल्पामा करेन्ट लागेर अर्घाखाँचीका युवकको मृत्यु

२०८१ जेष्ठ ३२ गते, शुक्रबार

पाल्पा । पाल्पामा करेन्ट लागेर १ युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका वडा नम्बर ७, बस्ने ३१ वर्षीय बाबुराम घर्ती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिहिबार रैनादेवी छहरा गाउँपालिका वडा नम्बर २, सर्देवामा विद्युतको पोलमा तार तान्ने क्रममा करेन्ट लागेर अर्घाखाँचीस्थित दुर्गे कन्स्ट्रक्सनमा कार्यरत घर्तीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो।

9 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal