११ औं बार्षिक उत्सवको अवसरमा ब्राइट लुम्बिनी:कपिलवस्तु वालगृहमा खाधान्न तथा फलफुल बितरण
कपिलवस्तु । शैक्षिक क्षेत्रमा प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल, कोरियन र जापनीज भाषाको हव ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो ११ औं बार्षिक उत्सवको अवसरमा मानवीय उदाहरणीय कार्य गरेको छ ।
विक्रम संवत २०७१ साल असार १२ गते स्थापना गरिएको ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले ११ औं वार्षिक उत्सवको अवसरमा कपिलवस्तु वालगृहमा खाद्यान्न तथा फलफुल प्रदान गरि मनाएको छ ।
संस्थाको ११ औं बार्षिक उत्सवको अवसरमा फजुल खर्च नगरि कपिलवस्तु वाल गृहमा रहेका वालकहरुलाई केहि समयलाई भए पनि पुग्ने १ क्विन्टल चामल, १० लिटर तेल, दाल लगायतका खद्यान्न सामग्री र फलफुल प्रदान गरिएको ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्रीले जानकारी दिनुभएको छ ।
खाद्यान्न तथा फलफुलका सामग्री ग्रहण गर्दै कपिलवस्तु वालगृहका प्रमुख राम प्रसाद अर्यालले यो सामानले वालगृहमा भएका वालकहरुलाई केहि दिनका लागि खाद्यान्न पुग्ने भन्दै संस्थाको सफलताको शुभकामना दिनुभएको थियो । उहाँले फजुल खर्च नगरि प्रशंसनीय काम गरेकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रमका अध्यक्ष संस्थाका प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्रीले बार्षिक उत्सवको अवसर पारि वाल गृहको समस्यालाई मध्यनजर गर्दै सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशनले शैक्षिक दक्षतालाई ख्याल गर्दै मानवीय तथा सामाजिक कार्यमा निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्ण चन्द्र परियार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश सदस्य शिव खनाल, बुद्धवाटिका अनलाईनका सञ्चारकर्मी युनिक भुसाल, साझा डायरी अनलाईनका प्रमुख पशुपति गिरी सहित संस्थाका प्रशिक्षक, कर्मचारी, वाल गृहका कर्मचारी, वालकहरु लगायतको उपस्थिती रहेको कार्यक्रम पत्रकार हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।