सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स जीतपुरद्धारा तिज मिलन तथा एजेन्सी सम्मान कार्यक्रम सम्पन्र

२०८१ भाद्र २० गते, बिहीबार

कपिलवस्तु । सानिमा रिलायन्स जीतपुर शाखाले एक कार्यक्रमका बिच हरितालिका तीजको अवसर पारि तिज मिलन तथा एजेन्सी सम्मान कार्यक्रम सम्पन्र गरेको छ । उक्त कार्यक्रममा आर्थिक बर्ष २०८०/०८१ मा उत्कृष्ट कार्य गर्ने ११ जना एजेन्सी म्यानेजरलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको छ।

आव बर्ष २०८१/०८२ को पहिलो महिना उत्कृष्ट काम गर्ने माया पौडेललाई हिरो अफ द मन्थ बाट सम्मान गरेको छ । उक्त कार्यक्रममा प्रदेश प्रमुख इन्द्र बिश्वकर्माले बिमा क्षेत्रमा पहुँच नपुगेका लगभग ६० प्रतिशत जनतालाई बिमाको दायरामा ल्याउन बिमा अभिकर्ताको अहम भुमिका हुने बताउदै यो पेशा मर्यादित भएको हुँदा सबैलाई बिमा गर्न प्रोत्साहन गर्दै उत्कृष्ट काम गर्न सुझाव दिए ।

४० जना नयाँ तथा पुराना अभिकर्ताको सहभागीतामा भएको कार्यक्रममा सानिमा रिलायन्स जीतपुर शाखाका शाखा प्रमुख दीपक कुँवरको सन्चालनमा सम्पन्न भएको थियो । भने कार्यक्रममा उपस्थित अभिकर्ता कर्मचारीहरु तीजका गीतमा नृत्य गरि तीज मिलन कार्यक्रम सम्पन्न भएको संस्थाका सागर बन्जाडेले जानकारी गराए ।

7 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal