कोशी सरकारमा सहभागी हुँदै कांग्रेस

२०८१ भाद्र २८ गते, शुक्रबार

विराटनगर । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् । शपथ बिहान साढे ९ बजे राखिएको छ । कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ । भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् । यसैगरी खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने निश्चित भएको छ ।

कोशीमा शेखर कोइराला पक्षले २ वटा मन्त्रालय मागेको थियो । संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताएको थियो । गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । आज भने एउटा मन्त्रालय छाडेर सरकारमा सहभागी हुन लागेको हो ।

11 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal