तानसेन–काठमाडौ सोफा सिटर रात्रीकालीन बस सञ्चालनमा

२०८१ भाद्र ३१ गते, सोमबार

पाल्पा । तानसेनदेखि काठमाडौंसम्म अब सुविधा सम्पन्न रात्री बस सेवा सुरु भएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालिले पाल्पाबाट काठमाडौंसम्म ‘सोफा सिटर एसी’ बस सञ्चालनमा ल्याएको छ। यस बसको ४१ सिट क्षमता छ, र २ वटा सिटहरू सुत्न मिल्ने व्यवस्था गरिएको छ, गाडी सञ्चालक तुल्सीराम पाण्डे भुवनले जानकारी दिनुभयो।

पश्चिम नेपालद्वारा सञ्चालित यस बस सेवा तानसेनबाट बेलुका ७ः३० बजे प्रस्थान गर्दैछ भने काठमाडौंको गोंगबु बसपार्कबाट पनि सोही समयमा छुट्नेछ। सोफा सिटर बसमा धुवा नफाल्ने, वातावरण अनुकूल इन्टरनेट सुविधा र पिउने पानीको व्यवस्था गरिएको छ, पाण्डेले बताउनुभयो।

यो पाल्पामा भित्रिएको पहिलो सोफा सिटर बस भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ। तानसेनदेखि काठमाडौंसम्मको भाडा १ हजार ३ सय रुपैयाँ तोकिएको छ। हाललाई तीनवटा बस सञ्चालनमा छन्, र आगामी २ हप्तामा थप ३ वटा बस सेवा सुरु हुने योजनामा छ। प्रत्येक बसको मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको छ।

11 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal