शिक्षामा लगानी नबढाएसम्म गुणस्तर नबढ्ने महामन्त्री थापाको विश्वास

२०८१ आश्विन २ गते, बुधबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म गुणस्तर बढ्न नसक्ने बताएका छन् ।

आज राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले शिक्षा क्षेत्रमा राज्यको लगानी न्यून रहेको भन्दै यसलाई दोब्बर नबनाएसम्म गुणस्तर सुधार हुन नसक्ने बताएका हुन् ।

उनले शिक्षा क्षेत्रको सुधारका लागि राज्यलगायत सांसद, नेता सबै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । थापाले शिक्षा सम्बन्धी ऐन संसदीय समितिमा छलफलका क्रममा रहेको भन्दै यसलाई सदनको आगामी अधिवेशनबाट टुङ्गोमा पुर्याइने जानकारी दिए ।

11 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal