दशैं टिकाको उत्तम साइत सार्वजनिक

२०८१ आश्विन ४ गते, शुक्रबार

काठमाडौँ । यस वर्ष दसैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ।

शुक्रबार पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ। विजया दशमी असोज २६ गते शनिबार परेको छ।

2081-dashain-sait-1726847632.jpeg

घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चांग समितिले जनाएको छ।

टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने पनि समितिले उल्लेख गरेको छ।

8 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal