अमेरिकाबिरुद्ध सनसनीपूर्ण जीत निकाल्दै नेपालको सिरिज ‘क्लिन स्विप’

२०८१ कार्तिक ५ गते, सोमबार

काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ ।

तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो ।

पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनले जित निकालेको नेपालले दोस्रो खेल भने सुपर ओभरमा जितेको  थियो । आजको खेलमा नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिए ।

May be an image of 2 people and text

यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

May be an image of 2 people and text

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिए । यसअघि लिग-२ का लागि क्यानडामा गएको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो । अमेरिका पुगेपछि भने नेपाली खेलाडीले आशालाग्दो प्रदर्शन गरेका छन् ।

8 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal