जुवातास खेलिरहेका ९ जना उदयपुरबाट पक्राउ
काठमाडौँ । उदयपुरबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–९ मा रहेको बोईलर कुखुराको फर्ममा जुवा खेलिरहेको टोलीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–९ का ३७ वर्षीय राजु कार्की, त्रियुगा–१५ का ३४ वर्षीय विजय राई, त्रियुगा–११ का ५० वर्षीय रवीन्द्र राई, त्रियुगा–१२ का ५३ वर्षीय वसन्त राई, त्रियुगा–१० का ४५ वर्षीय गेशराज राउत, त्रियुगा–१३ का ६२ वर्षीय पदम राई, रौतामाई–७ का ३४ वर्षीय कमल तामाङ, रौतामाई–७ का ३५ वर्षीय मनोज मगर र रौतामाई–५ का ४१ वर्षीय जय कुमार राई रहेका छन् । प्रहरीले जुवाको खालबाट नगद ४ लाख १४ हजार ५ सय ७५ रुपैयाँ र कौडा १६ थान समेत बरामद गरेको छ
पक्राउ परेका उनीहरूको विषयमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।