विकासमा मुख्यमन्त्री पाण्डेको अंकुशः दुई आयोजना स्थगित

२०७८ कार्तिक २८ गते, आईतवार

काठमाडौँ । बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र कुलेखानी(हेटौंडा सुरुङमार्ग बनाउने योजना हाललाई स्थगित गरेको छ । उक्त दुई आयोजना स्थागित गरेसँगै विकासमा अंकुश लगाउने कार्यमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले सक्रियता देखाउनुभएको छ । जसले गर्दा प्रदेशको विकास र समृद्धिको यात्रालाई पुनः अन्धकारको बाटो तय हुने अवस्था बन्न थालेको छ ।

मुख्यमन्त्री पाण्डेले आफ्नो पार्टी एकीकृत समाजवादीको केन्द्रीय बैठकलाई दिएको जानकारीअनुसार विद्युतीय बस खरिद गर्नेको योजना हाललाई स्थगित गरिएको छ । डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ रकम छुट्याएको थियो । तर सडक पूर्वाधार पनि नभएको र चार्जिङ स्टेशन पनि नबनेकाले हाललाई विद्युतीय बस खरिदको योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

यस्तै कुलेखानी९हेटौंडा सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरेको पाण्डेले दावी गर्नुभयो ।

266 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal