एसीसी प्रिमियर कपमा आज नेपाल साउदीअरब सङ्ग खेल्दै

२०८१ बैशाख ५ गते, बुधबार

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ।खेल आज नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ। ओमानमा जारी प्रदर्शनमा नेपाल अपराजित रहँदै एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो।

नेपाली क्रिकेट टिमले कतार र मलेसियाविरुद्ध संघर्ष गर्दा जारी प्रिमियर कपमा नेपालको प्रदर्शनमा प्रश्न उठ्न लागेको थियो। तर नेपालले समूहको बलियो विपक्षी हङकङलाई जसरी हराएको छ, नेपालको प्रदर्शन सुधारिएको देखिन्छ।

6 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal