औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी ,राजमार्ग अबरुद्द

२०८१ बैशाख ११ गते, मंगलवार

रुपन्देही । रुपन्देहीकोसुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान धादिङमा आगलागी भएको छ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका(६ बन्छेटारमा ट्रकमा एक्कासी आगो लागेको हो। केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए।

गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन। राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ।

2 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal