गुल्मीमा जिप दुर्घटना, १ जनाको मृृत्यु

२०८१ बैशाख १६ गते, आईतवार

गुल्मी । गुल्मीमा मलामी बाकेको पिकअप जीप दुर्घटना भएको छ। दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।दुर्घटनामा सवारी चालकसहित १२ जना घाइते भएका छन्। गएराती जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ४ मौरीओडार स्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा लु १ च ४३२० नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सत्यवती गाउँपालिका–४ लिम्घा निवासी ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो। दुर्घटनामा १२ जना घाइते भएका छन ।घाइते भएका १२ जनामध्ये ३ जनालाई थप उपचारको लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको छ भने ५ जना घाइतेको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ। सामान्य उपचारपछि ३ जना घाइते डिस्चार्ज भइसकेका छन्।

3 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal