सलाम नगरेको भन्दै सिंहदरबारभित्र वरिष्ठ हवल्दारद्वारा जवानमाथी हातपात

२०८० चैत्र २७ गते, मंगलवार

काठमाडौँ । आफूलाई सलाम नगरेको भन्दै वरिष्ठ हवल्दारले सिंहदरबारभित्रै प्रहरी जवानलाई झापड हानेका छन् । सलाम नगरेको विषयमा वरिष्ठ हवल्दार उज्ज्वल भण्डारीले प्रहरी जवान सुन्दर सिंहमाथि मंगलबार बिहान करिब १० बजे हातपात गरेका हुन् ।

सिंहदरबार प्रहरी सुरक्षा गणमा कार्यरत जवान सिंह प्रहरी उपरीक्षक सन्तोष तामाङका अंगरक्षक हुन् । प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयबाट खटिएका वरिष्ठ हवल्दार भण्डारी भने अर्थमन्त्री वर्षमान पुनका चालक हुन् ।

जवानले वरिष्ठ हवल्दारविरुद्ध प्रतिवेदन दिँदै छन् । प्रतिवेदनको आधारमा उनलाई विभागीय कारवाहीका लागि लेखेर पठाउने सुरक्षा गणका एक अधिकृतले जानकारी दिए ।

6 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal