संसदीय समितिको तीन वटा बैठक बस्दै

२०८० चैत्र २७ गते, मंगलवार

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बस्दै छ ।

बैठकमा राष्ट्रिय सभाबाट पारित भएका सङ्कल्प प्रस्तावहरूको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्य क्षेत्रका विषयमा विज्ञहरूसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।

5 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal