सर्वोच्च बारको अध्यक्षमा शाक्य विजयी

२०७७ पुष ५ गते, आईतवार

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि हिजो भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् ।
उनले २९५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरेका छन् ।
वरिष्ठ अधिवक्ता शाक्यले बृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए ।
यस्तै वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेर चुनावी मैदानमा थिए ।
नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भएका छन् ।

166 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal