अर्यालको संयोजकत्वमा महोत्सव स्थलमा वृहत रक्तदान कार्यक्रम हुंदै

२०८० मंसिर २७ गते, बुधबार

कपिलवस्तु । कपिलवस्तु १४ औं महोत्सवमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । कपिलवस्तु जेसीजका मुल समिति संयोजक तथा जेसीजका सल्लाहकार राजेन्द्र अर्यालको संयोजकत्वमा महोत्सवमा यहि मंसिर २७ गतेबाट ३ दिन वृहत रक्तदान कार्यक्रम हुने भएको हो ।

लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी, औषधी व्यवसायी संघ कपिलवस्तु तथा लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने कार्यक्रमका संयोजक राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

आज् विहान ८ बजे सम्म सम्पर्कमा आउने संघ संस्थालाई आयोजकको रुपमा राखिने बताईएको छ ।

त्यस्तै ११ बजे बाट कार्यक्रम सुरु हुने रआज् ५० प्वाईन्ट रगत संकलन हुने अपेक्षा रहेको संयोजक अर्यालले बताउनुभयो । कार्यक्रम ३ दिन सम्म निरन्तर हुने छ ।

27 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal