प्रधानमन्त्री ओलीले कलंकको टीका लगाएः माधव नेपाल

२०७७ पुष ५ गते, आईतवार

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव संविधानविपरित भएको जनाउँदै प्रधानमन्त्री ओलीले कलंकको टीका लगाएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्बाट निर्णय गराएपछि उनकै पार्टी नेकपा वरिष्ठ नेता नेपालले विरोध जनाएका हुन् ।
‘यो संविधानको स्पिरिटविपरित र असंवैधानिक कदम हो । यसको सबैले निन्दा र भत्र्सना गर्नुपर्छ,’ नेता नेपालले भने, ‘यो प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ।’ यो पार्टी र प्रधानमन्त्री ओलीका लागि नै दुर्भाग्य भएको बताए।

236 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal