नेविसंघ धनकुटाद्वारा ओलीको पुत्ला दहन

२०७७ पुष ६ गते, सोमबार

धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै नेविसंघ धनुकटाले हिजो आइतबार साँझ ओलीको पुत्ला दहन गरेको हो ।
त्यसअघि नेपाल विद्यार्थी संघ जिल्ला समिति र धनकुटा बहुमुखी क्याम्पस इकाइ समितिले संयुक्त रुपमा मसाल जुलुस निकाल्दै ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
धनकुटा नगरपालिका वडा नंं. ६ भिमनारायणचोकबाट सुरु भएको मसाल जुलुस नगर परिक्रमा गर्दै मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । त्यहीँ प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको हो ।

249 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal