इंग्ल्याण्डमा पुनः लकडाउन

२०७७ पुष २१ गते, मंगलवार

एजेन्सी । कोरोना भाइरस महामारीको अर्को लहर सघन बन्दै जाँदा इंग्ल्याण्डमा फेरि लकडाउन लागु भएको छ। इंग्ल्याण्डका सबै नागरिक घर भित्रै बस्नु पर्ने भएको छ ।
स्वीकृति प्राप्त वा लिएकाहरु मात्रै घर बाहिर निस्कन पाउने छन् नयाँ लकडाउनको नियम अनुसार । नयाँ लकडाउन आउँदो फेब्रुअरीको मध्यसम्म कायम रहने सक्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । मंगलबारदेखि सबै विद्यालय तथा कलेजहरु बन्द हुनेछन् र पढाई अनलाईन मार्फत मात्रै हुनेछ ।
कोरोना भाइरस संक्रमणको दर बढेको तथा बिरामीको संख्या थपिँदै गएको अवस्थामा आउँदो हप्ताहरु निकै कठिन हुने प्रधानमन्त्री जोन्सनले बताएका छन् ।
आउँदो महिनाको मध्यसम्ममा प्राथमिकताको पहिलो चार समूहमा रहेकाहरुलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज दिइने प्रधानमन्त्री जोन्सनले उल्लेख गरेका छन् ।
यसअघि स्कटल्याण्डमा घरमै बस्नु पर्ने निर्देशन जारी भएको थियो । यस्तै वेल्सले जनवरी १८ सम्म विद्यालय तथा कलेज बन्द हुने जनाएको छ । नर्दन आयरल्याण्डमा अनलाईन कक्षालाई थप केही समय बढाउने भएको छ ।
बेलायतमा परिवर्तित स्वरुपको नयाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नयाँ लकडाउन लागु भएको हो ।

147 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal