नेपालको पासपोर्ट संसारकै खराब

२०७७ पुष २६ गते, आईतवार

काठमाडौं । नेपालको पासपोर्ट संसारकै खराब तथा कमजोर मध्येको सूचिमा परेको छ ।
पासपोर्टबारे सूचि राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूचि अनुसार नेपालको पासपोर्ट विश्वका ११० मुलुकमध्ये १०४ औं स्थानमा परेको छ ।
सूचिअनुसार सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान पहिलो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको रहेको छ ।
उक्त सूचिअनुसार नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ । नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि सोही स्थानमा परेको छ ।

153 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal