हाम्रो पार्टी नै खास कम्युनिष्ट पार्टी हो – वरिष्ठ नेता थापा

२०७७ पुष २६ गते, आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तिलक थापा मगरले आफूहरुले अघि सारेको विचारले मात्र जनतालाई मुक्ति दिने बताएका छन् । उनले अरु पार्टीहरुको अहिलेसम्म जनताको नाममा राजनीति गरेको भने पनि सधैं जनताको भावनामाथि खेलवाड गरेको पनि आरोप लगाए ।
उनले आफ्नो पार्टी नै खास कम्युनिष्ट पार्टी रहेको जनाए । थापा मगरले अरु कम्युनिष्ट पार्टीको गलत व्यवहारका कारण कम्युनिष्टको भावनामाथि नै प्रहार भएकोमा गुनासो गरे । उनले आफ्नो पार्टीमा जनलहर बढेकाले ढुक्क भएर आफूहरुलाई समर्थन गर्न पनि नेता तथा कार्यकतालाई आग्रहसमेत गरे । उनले अब तीनवटा पार्टी भएकाले थप सजिलो भएको पनि स्पष्ट पारे । थापाले कम्युनिष्ट नामका धेरै पार्टीहरु भए पनि अरुले अवसरको लागिमात्र राजनीति गरेकाले आफूहरुलाई त्यसरी नहेर्न समेत अनुरोध गरे ।
आज काठमाडौंमा आयोजित तीनवटा पार्टीको एकीकरण कार्यक्रममा बोल्दै उनले पार्टीले माओवादी भनेर भन्दै आएपनि उनीहरुमा वास्तविक रुपमा माओवादी विचार र सिद्धान्त नभएको दाबी गरे । माओवादी जनमुक्ति पार्टी नेपाल, नेकपा संयुक्त (क्रान्तिकारी) र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच एकता भएर पार्टीको नाम नेकपा (माओवादी केन्द्र) नै बनेको पार्टी सचिव अरुण घिसिङले जनाए । उनले पार्टीले अब नयाँ गति लिने दाबी गरे । ‘हिजो हाम्रो पार्टीमा केही समस्या थियो अब त्यस्तो छैन, पार्टीले सधैं देश र जनताका विषय उठाउँछ’ घिसिङले भने ‘हाम्रो पार्टीका पूर्व अध्यक्ष गोपाल किराँतीमा वैचारिक रुपमा विचलन भएपछि, राजनीतिक अकर्मण्यता देखाएपछि र सांगठनिक अराजकतामा लागेपछि उहाँलाई अध्यक्षबाट हटाएका हौं ।’
पार्टीले पौष २९ गते विराटनगर, माघ ३ गते काभ्रेको बनेपा, ६ गते सुर्खेतमा कार्यक्रम गर्ने जनाएको छ । पार्टीले माघ १२ गते काठमाडौंमा वाइसिएल भेला गर्ने भएको छ ।

402 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal