कोभिड–१९: निको भएको ६ महिनासम्म पनि लक्षण देखियो

२०७७ पुष २८ गते, मंगलवार

एजेन्सी । कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांश बिरामीहरुमा अझै पनि थकान र सुत्नमा समस्याजस्ता लक्षणहरु देखिएको चीनमा गरिएको एक अध्ययनले देखाएको छ ।
चिनियाँ सहर वुहानमा १७ सयभन्दा बढी संक्रमितमा गरिएको अध्ययनमा कम्तिमा ७६ प्रतिशतमा अस्पतालबाट डिस्चार्ज भएको महिनौँ पछि पनि कम्तिमा एउटा लक्षण देखिएको उल्लेख छ ।
विश्वभर ९ करोडभन्दा बढीलाई संक्रमित बनाइसकेको कोभिड–१९ बाट निको भए पनि यसले दीर्घकालिनरुपमा मानिसको स्वास्थ्यमा असर पुर्याउने यस अध्ययनले देखाएको छ ।
शुक्रबार मेडिकल जर्नल द ल्यानसेटमा प्रकाशित यस अध्ययनमा संक्रमण पुष्टि भएको ६ महिनापछि पनि थकान र सुत्नमा समस्याको लक्षण सबैभन्दा धेरै, क्रमशः ६३ र २६ प्रतिशत, मा पाइएको बताइएको छ ।
कोभिड–१९ ले दीर्घकालिनरुपमा मानिस स्वास्थ्यमा असर पुर्याउने पाइएको छ । २३ प्रतिशतमा एङ्जाइटी र डिप्रेसनको समस्या पाइएको पनि उक्त अध्इयनमा उल्लेख छ । सिकिस्त बिरामी भएकाहरुको एक्स–रे गर्दा फोक्सोमा समस्या देखिएको अध्ययनकर्ताहरुले बताएका छन् ।
विश्वभरका वैज्ञानिकहरुले कोरोनाभाइरसले स्वास्थ्यमा पार्ने दीर्घकालिन असरको बारेमा अध्ययन गरिरहेका छन् । उनीहरुले यसलाई ‘लङ कोभिड’ को नाम दिएका छन् ।
सीएनएन

255 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal