एक दर्जन बच्चा जन्माउने प्रियंकाको चाहना !

२०७७ पुष २८ गते, मंगलवार

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले आफूले झण्डै १ दर्जन बच्चा जन्माउने इच्छा भएको एक अन्तर्वातामा बताएकी छन् । २०१८ मा अमेरिकी पप गायक निक जोनससँग विवाह गरेकी प्रियंकाले बेलायती म्यागजिन सन्डे टाइम्ससँग कुरा गर्दै आफूले पूरै क्रिकेट टिमजति बच्चा चाहेको बताएकी हुन् । प्रियंकाले भनिन् ‘मलाई बच्चाहरु चाहिन्छ । जति हुन सक्छन् त्यति बच्चा । एक क्रिकेट टिमजति ? म निश्चित छैन ।’
प्रियंकाको विवाह हिन्दू र क्रिस्चियन दुवै रितिरिवाजअनुसार भएको थियो । आफूहरुको संस्कृति फरक भएका कारण आफूलाई कुनै समस्या नभएको पनि प्रियंकाले बताइन् ।’ उनले भनिन् ‘कुनै समस्या भएन ।

195 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal