सिन्धुलीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्य

२०७७ माघ १० गते, शनिबार

सिन्धुली– सिन्धुलीमा आज बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो।

सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज १ च १३५४ नंको बलेरो आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।
बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते भएका छन्। उनको सिन्धुली अस्पताल उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। (रासस)

151 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal