सरकार निर्लज्ज रुपमा प्रस्तुत भयोः रामचन्द्र पौडेल

२०७७ माघ १३ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार नागरिक आन्दोलनमाथि लाठीचार्ज र पानीका फोहरा प्रहार गरेकोमा विरोध गर्दै सरकार निर्लज्ज रूपमा प्रस्तुत भइरहेको बताएका छन् ।
पौडेलले सोमबार नागरिक आन्दोलनमाथि लाठीचार्ज र पानीका फोहरा प्रहार गरेकोमा विरोध गर्दै ‘प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ,’ मंगलबार पौडेलले फेसबुकमा लेखेका छन् ।
‘हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ,’ उनले भनेका छन्। दमनले नागरिकलाई थप ऊर्जा दिने पनि पौडेलको भनाइ छ।
‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो,’ उनले भनेका छन्, ‘तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिमनसँग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ।’
पौडेलले लोकतन्त्र र संविधान रक्षाका लागि आफू पनि आन्दोलनको मोर्चामा रहने बताएका छन्। उनले थपेका छन्, ‘लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु।’

161 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal