कोरोना देखिएर कम्पनीले वेवास्ता गरेपछि रुकुमका वली साउदीमा अलपत्र

२०७७ माघ १४ गते, बुधबार

काठमाडौं । कम्पनीले वेवास्ता गर्दा रुकुमका ३२ वर्षीय धनबहादुर वली झण्डै एक महिनादेखि साउदीमा अलपत्र परेका छन् ।
१३ महिनाअघि साउदी पुगेका रुकुम मुसिकोट नगरपालिका १० का वलीमा एयरपोर्टमा टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना देखिएपछि उनी नेपाल पनि आउन पाएनन् र कम्पनीले पनि फिर्ता लगेन । धनबहादुर श्रीमती अनिताले श्रीमानलाई कोरोना पोजेटिभ देखिएपछि कम्पनीले वेवास्ता गरेको बताइन् । उनी होटलमा बस्दै आएका छन् । अनिताले कोरोना नेगेटिभ देखिएपछि श्रीमानलाई घर ल्याउन पहल गरिदिन अनुरोध गरेकी छिन् । होटलमा बस्दा कम्पनीले नहेरेको र होटलमा बस्ने खर्चसमेत नभएको उनको गुनासो छ । धनबहादुरले कम्पनीले केही दिन हेरे पनि आफूलाई सजिलो हुने आशा गरेका छन् ।
पासपोर्ट नम्वर ०५४४४७६७ भएका उनी साउदीको टिजोन कम्पनीमा काम गर्थे ।

251 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal