प्रधानमन्त्रीलाई सर्वोच्चमा उपस्थित गराउन माग

२०७७ माघ १५ गते, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्‍चमा उपस्थित गराउन कानुन व्यवसायीहरूले माग गरेका छन् । प्रधानमन्‍त्रीविरुद्धको अवेहलना मुद्दामा बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्‍त्री ओलीलाई तीन दिनभित्र इजलाशमा बोलाएर लिखित जवाफ पेश गराउन माग गरेका हुन् ।
प्रतिनिधि सभा विघटनविरुद्धको विचाराधीन मुद्दामा जथाभावी बोलेको र कानुन व्यवसायीमाथि व्यक्तिगत टिप्पणी गरेको भन्‍दै प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्‍ता कञ्‍चनकृष्ण न्यौपानेले निवेदन दर्ता गराएका थिए ।
निवेदनमा वहस गर्दै कानुन व्‍यवसायीहरूले प्रधानमन्‍त्रीलाई इजलासमा बोलाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कञ्‍चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीलगायतले बहस गरेका थिए ।

161 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal